बचत सेवाहरु
(क) अनिवार्य बचत
(१) मासिक बचत
(२) मिथिला विशेष बचत
(३) शिक्षा/पेन्सन बचत
(ख) ऐच्छिक बचत/कोष
(१) स्वेच्छिक बचत
(२) केन्द्र कोष बचत
(३) समृद्धि बचत
(क) अनिवार्य बचत :
(१) मासिक बचत : सदस्यहरुले मासिक रुपमा हुने केन्द्र बैठकमा अनिवार्य रुपले मासिक रुपमा न्यूनतम रु.१००।– नियमित रुपमा जम्मा गर्नु पर्नेछ । यस बचतमा वार्षिक ६.५ (साढे छ) प्रतिशतका दरले व्याज दिईनेछ । यो बचत सदस्य समूहमा रहुन्जेल फिर्ता हुने छैन ।
(२) मिथिला विशेष बचत : सदस्यले रु.१ लाखवा सो भन्दा बढी कर्जा उपभोग गर्ने सदस्यले यस बचतमा कर्जाको न्यूनतम २ प्रतिशत रकम जम्मा गरेको हुनुपर्नेछ । सो रकम कर्जा चुक्ता भएको अवस्थामा सदस्यले फिर्ता मागेमा फिर्ता गरिनेछ । यस बचतमा बार्षिक ७ प्रतिशतका दरले व्याज दिईनेछ ।
(३) शिक्षा/पेन्सन बचत : सदस्यले आफ्नो छोरा छोरीको शिक्षा वा आफ्नो अवकाश अवधिको लागि पेन्सन बचतको रुपमा १० वा १५ वर्ष अवधिको लागि कुनै निश्चित रकम प्रत्येक केन्द्र बैठकमा नियमित रुपले जम्मा गर्नु पर्नेछ । १० वर्ष अवधिको लागि जम्मा भएको रकम १० वर्ष पुगेपछि निजले जम्मा गरेको रकममा डेढी (५० प्रतिशतले हुने थप रकम) समेत र १५ वर्ष अवधिको लागि जम्मा गरेको रकममा १५ वर्ष पुगेपछि निजले जम्मा गरेको रकमको दोब्बर (१०० प्रतिशतले हुने थप रकम) समेत एकमुष्ठ रकममा नियमानुसार लाग्ने कर रकम कट्टा गरी फिर्ता दिईनेछ । तर तोकिएको अवधि भन्दाअगावै रकम झिक्न चाहेमा जम्मा भएको रकममा वार्षिक ९.०१ प्रतिशतले हुने व्याज रकममा लाग्ने करकट्टी गरी हुने रकम फिर्ता दिईनेछ ।
(ख) ऐच्छिक बचत÷ कोष
(१) स्वेच्छिक बचत : सदस्यहरुले इच्छाले चाहेको समयमा झिक्न र राख्नको लागि यस किसिमको खाता खोल्न सकिनेछ । यस बचत खाताबाट सामान्यतया एक पटकमा रु. ५ हजार सम्म केन्द्र बैठक स्थलमा र सो भन्दा बढी रकम सम्बन्धित शाखा कार्यालयबाट राख्न झिक्न सकिनेछ । यो बचतमा वार्षिक ६.५ (साढे छ) प्रतिशत व्याज दिईनेछ ।
(२) केन्द्र कोष बचत : केन्द्रबाट संचालित हुने गरी केन्द्रको निर्णयबाट संकलित चन्दा तथा अन्य सामूहिक रकम र दण्ड जरिवाना आदि रकम यस बचतमा राख्न सकिनेछ । यो बचतको संचालन केन्द्रको निर्णयबाट सामूहिक कामको लागि हुनेछ । यस बचतमा ६.५ (साढे छ) प्रतिशत व्याज दिईनेछ ।
(३) समृद्धि बचत : समूहमा आबद्ध भएका वा आवद्ध हुने नयाँ सदस्यहरुलाई अन्य बचत भन्दा बिशेष सुविधा सहित यस समृद्धि बचत खाता खोलि ऐच्छिक बचत खाता संन्चालन गर्न सकिनेछ | यस वित्तीय संस्थाको समूहमा आवद्ध भई अन्य बचत परिचालन गरि सकेका वा नयाँ सदस्यले समृद्धि बचत खाता संचालन गर्न सकिनेछ| समृद्धि बचत खाता संचालन गर्न न्युनतम रु. ५००/- (पाँच सय) वा सो भन्दा बढी रकमबाट संचालन गर्न सकिनेछ| यस बचत खाताबाट सामान्यताया एक पटकमा रु. ५,०००/- सम्म केन्द्र बैठक स्थलमा र सो भन्दा बढी रकम सम्बन्धित साखा कार्यलयबाट राखन/ निकाल्न सकिनेछ| यस बचत खातामा व्यवस्था भए बमोजिम न्युनतम रु. १०,०००/- (दश हजार) वा सो भन्दा बढी बचत रकममा बचत अवधिभर वार्षिक १० प्रतिशतका दरले नियमानुसार लाग्ने कर कट्टी गरेर हुनेरकम ब्याजको रुपमा प्रदान गरिनेछ| यस बचत योजनामा सहभागी भएका कुनै पनि सदस्यले तोकिएको न्युनतम बचत मौज्दात अथार्त रु. १०,०००/- (दश हजार) भन्दा कम भएमा वा कम हुने गरी उक्त बचत खाताबाट न्युनतम रकम नराखी निकाल्न चाहेमा निजले जम्मा गरेको रकममा बार्षिक ७ (सात) प्रतिशतका दरले नियमानुसार लाग्ने कर कट्टी गरेर हुने रकम ब्याजको रुपमा प्रदान गरिने छ| यस योजनामा सहभागी भएका सदस्यलाई बार्षिक १० (दश) प्रतिशतका दरले ब्याज प्रदान गरिने छ|