कर्जा सेवाहरु
१) लघु कर्जा (Micro Loan)
क) साधारण कर्जा ( General Loan)
ख) मौसमी कर्जा (Seasonal Loan)
ग) आकस्मिक कर्जा (Emergency Loan)
घ) बैकल्पिक उर्जा कर्जा (Solar Power Loan)
ङ) परियोजना कर्जा (Project Loan)
२) धितो कर्जा ( Collateral Loan)
क) लघुउधम कर्जा (Micro Enterprise Loan)
ख) बैदेशिक रोजगार कर्जा (Foreign Employment Loan)
ग) शिक्षा कर्जा ( Education Loan)
घ) ब्यक्तिगत कर्जा (Personal Loan)
ङ) ई-रिक्सा तथा अटो रिक्सा (E-Rickshaw & Auto Rickshaw Loan)
१. क) साधारण कर्जा : यस बैंकमा आबद्घ समुह सदस्यलाई विना धितो सामुहिक जमानीमा आयमुलक काम तथा व्यवसाय गर्न दिईने कर्जा हो । यो कर्जाको सिमा पटकका आधारमा अधिकतम रु. ५,००,०००/- (पाँच लाख) सम्म लगानी गरिन्छ । यो कर्जाको भुक्तानी अवधि १२ महिना देखि २४ महिना सम्मको हुने छ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुनेछ ।
ख) मौसमी कर्जा : दोश्रो साधारण कर्जा पाउन योग्य सदस्यलाई प्रथम पटक अधिकतम सिमा रु.१०,०००/- रुपैयाँ सम्म र सदस्यको कर्जा सदुपयोगिता हेरी प्रतिवर्ष क्रमशः रु.५,०००/- का दरले अधिकतम रु.५०,०००/- रुपैयाँ सम्म लगानी गरिन्छ । यो कर्जाको भुक्तानी अवधि बढिमा १ बर्षको हुने छ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुने छ ।
ग) आकस्मिक कर्जा : आकस्मिक कर्जा सदस्यको एकाघर परिवार भित्र कुनै संबेधलशिल अवस्था वा अप्रत्याशित घटना (दुर्घटना, मृत्यु, प्राकृतिक प्रकोप, औषधि उपचार) सिर्जना भएमा सामुहिक जमानीमा प्रदान बमोजी रु. १५,०००/- सम्म कर्जा उपलब्द गराउन सकिने छ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुने छ ।
घ) बैकल्पिक उर्जा कर्जा : सदस्यलाई नविकरणीय उर्जा प्रयोगलाई प्रबदन गर्नको लागि बैकल्पिक उर्जा कर्जा लागि गरिने छ । विभिनन् किसिमका नविकरणीय उर्जा प्रविधिहरु जस्तै बायोग्यास, सोलार, सुधारिएको पनि घट्ट, सुधारिएको चुलो, सुधारिएको भट्टी इत्यादिको आवश्कताको आधारमा बढीमा रु. २,००,०००/- (दुई लाख) रुपैयाँ सीमा सम्म लगानी गर्न कर्जा उपलब्द गराउन सकिने छ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुने छ ।
ड) परियोजना कर्जा : समुहमा आवद्ध सदस्यहरुले सामुहिक रुपमा कृषि खेती, पशु पंक्षी पालन, माछा पालन, व्यापार व्यावसाय, जडीबुटी खेती, फलफुल जस्ता उतादन मुलक गर्न चाहेमा त्यस्तो परियोजनामा समुहमा आवद्ध सदस्यहरुको सामुहिक जमानीमा परियोजनाको प्रकृती र अवस्था हेरी परियोजनाको लागि बढीमा रु. ७,००,०००/- (सात लाख) रुपैयाँ सम्म कर्जा लगानी गर्न सकिनेछ ।
२. क) लघुउधम कर्जा : यस बैंकले लघुउधम तथा व्यवसाय संचालन गर्नको लागि स्वीकारयोग्य धितो लिई समुह सदस्यलाई लघुउधम कर्जा उपलव्ध गराउँदछ । यो कजाको सिमा पटकको आधारमा अधिकतम रु. १५,००,०००/- (पन्द्रह लाख) रुपैयाँ सम्म लगानी गरिन्छ । यो कर्जाको भुक्तानी अवधि बढिमा ५ बर्षको हुने छ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुनेछ ।
ख) बैदेशिक रोजगार कर्जा : ग्राहक सदस्यको आफ्नो एकाघर (सगोल) को सदस्यलाई बैदेशिक रोजगारीमा पठाउनको लागि बढिमा रु.एक लाख पचास हजार सम्म स्वीकारयोग्य धितो लिई यो कर्जा लगानी गरिन्छ । यो कर्जाको भुक्तानी अवधि २ बर्षको हुनेछ । यस कर्जाको व्याज दर Base Rate +३% घट्दो दरमा हुनेछ ।
ग) ब्यक्तिगत कर्जा (Personal Loan) : समुहमा आवद्ध नभएका विपन्न तथा न्युन आय भएका ब्यक्ति (महिला तथा पुरुष) लाई पर्याप्त धितो लिई बढीमा रु. १५,००,०००/- (पन्द्रह लाख) रुपैयाँ सम्मको लघु उधम कर्जा प्रदान गर्न सकिने छ । यो कर्जाको अवधि बढिमा ५ बर्षको हुनेछ । यस कर्जाको ब्याजदर Base Rate +३% घट्दो दरमा हुने छ ।

