बचत सेवाहरु
(क) अनिवार्य बचत
(१) मासिक बचत
(ख) ऐच्छिक बचत/कोष
(१) स्वेच्छिक बचत
(२) केन्द्र कोष बचत
(३) समृद्धि बचत
(४) मिथिला विशेष बचत
(५) शिक्षा/पेन्सन बचत
(क) अनिवार्य बचत :
(१) मासिक बचत : सदस्यहरुले मासिक रुपमा हुने केन्द्र बैठकमा अनिवार्य रुपले मासिक रुपमा न्यूनतम रु.१००।– नियमित रुपमा जम्मा गर्नु पर्नेछ । यस बचतमा वार्षिक ७.५ (साढे सात) प्रतिशतका दरले व्याज दिईनेछ । यो बचत सदस्य समूहमा रहुन्जेल फिर्ता हुने छैन ।
(ख) ऐच्छिक बचत÷ कोष
(१) स्वेच्छिक बचत : सदस्यहरुले इच्छाले चाहेको समयमा झिक्न र राख्नको लागि यस किसिमको खाता खोल्न सकिनेछ । यस बचत खाताबाट सामान्यतया एक पटकमा रु. ५ हजार सम्म केन्द्र बैठक स्थलमा र सो भन्दा बढी रकम सम्बन्धित शाखा कार्यालयबाट राख्न झिक्न सकिनेछ । यो बचतमा वार्षिक ७.५ (साढे सात) प्रतिशत व्याज दिईनेछ ।
(२) केन्द्र कोष बचत : केन्द्रबाट संचालित हुने गरी केन्द्रको निर्णयबाट संकलित चन्दा तथा अन्य सामूहिक रकम र दण्ड जरिवाना आदि रकम यस बचतमा राख्न सकिनेछ । यो बचतको संचालन केन्द्रको निर्णयबाट सामूहिक कामको लागि हुनेछ । यस बचतमा ७.५ (साढे सात) प्रतिशत व्याज दिईनेछ ।
(३) समृद्धि बचत : समूहमा आबद्ध भएका वा आवद्ध हुने नयाँ सदस्यहरुलाई अन्य बचत भन्दा बिशेष सुविधा सहित यस समृद्धि बचत खाता खोलि ऐच्छिक बचत खाता संन्चालन गर्न सकिनेछ | यस वित्तीय संस्थाको समूहमा आवद्ध भई अन्य बचत परिचालन गरि सकेका वा नयाँ सदस्यले समृद्धि बचत खाता संचालन गर्न सकिनेछ| समृद्धि बचत खाता संचालन गर्न न्युनतम रु. ५००/- (पाँच सय) वा सो भन्दा बढी रकमबाट संचालन गर्न सकिनेछ| यस बचत खाताबाट सामान्यताया एक पटकमा रु. ५,०००/- सम्म केन्द्र बैठक स्थलमा र सो भन्दा बढी रकम सम्बन्धित साखा कार्यलयबाट राखन/ निकाल्न सकिनेछ| यस बचत खातामा व्यवस्था भए बमोजिम न्युनतम रु. १०,०००/- (दश हजार) वा सो भन्दा बढी बचत रकममा बचत अवधिभर वार्षिक १० प्रतिशतका दरले नियमानुसार लाग्ने कर कट्टी गरेर हुनेरकम ब्याजको रुपमा प्रदान गरिनेछ| यस बचत योजनामा सहभागी भएका कुनै पनि सदस्यले तोकिएको न्युनतम बचत मौज्दात अथार्त रु. १०,०००/- (दश हजार) भन्दा कम भएमा वा कम हुने गरी उक्त बचत खाताबाट न्युनतम रकम नराखी निकाल्न चाहेमा निजले जम्मा गरेको रकममा बार्षिक ७.५ (साढे सात) प्रतिशतका दरले नियमानुसार लाग्ने कर कट्टी गरेर हुने रकम ब्याजको रुपमा प्रदान गरिने छ| यस योजनामा सहभागी भएका सदस्यलाई बार्षिक १० (दश) प्रतिशतका दरले ब्याज प्रदान गरिने छ|
(४) मिथिला विशेष बचत : सदस्यले रु.१ लाखवा सो भन्दा बढी कर्जा उपभोग गर्ने सदस्यले यस बचतमा कर्जाको न्यूनतम २ प्रतिशत रकम जम्मा गरेको हुनुपर्नेछ । सो रकम कर्जा चुक्ता भएको अवस्थामा सदस्यले फिर्ता मागेमा फिर्ता गरिनेछ । यस बचतमा बार्षिक ७.५ (साढे सात) प्रतिशतका दरले व्याज दिईनेछ ।
(५) शिक्षा/पेन्सन बचत : सदस्यले आफ्नो छोरा छोरीको शिक्षा वा आफ्नो अवकाश अवधिको लागि पेन्सन बचतको रुपमा १० वा १५ वर्ष अवधिको लागि कुनै निश्चित रकम प्रत्येक केन्द्र बैठकमा नियमित रुपले जम्मा गर्नु पर्नेछ । १० वर्ष अवधिको लागि जम्मा भएको रकम १० वर्ष पुगेपछि निजले जम्मा गरेको रकममा डेढी (५० प्रतिशतले हुने थप रकम) समेत र १५ वर्ष अवधिको लागि जम्मा गरेको रकममा १५ वर्ष पुगेपछि निजले जम्मा गरेको रकमको दोब्बर (१०० प्रतिशतले हुने थप रकम) समेत एकमुष्ठ रकममा नियमानुसार लाग्ने कर रकम कट्टा गरी फिर्ता दिईनेछ । तर तोकिएको अवधि भन्दाअगावै रकम झिक्न चाहेमा जम्मा भएको रकममा वार्षिक ९.०१ प्रतिशतले हुने व्याज रकममा लाग्ने करकट्टी गरी हुने रकम फिर्ता दिईनेछ ।